Incident Reports

कथित बोक्सीको आरोपको घटना मिलापत्र l

2014-02-01

Lumbini, Banke, Rapti Sonari

Binod Pandey विनौना गाविस-९ की ४५ वर्षीया लखनिया थारुलाई सोही ठाँउकी ४४ वर्षीया मनमालि खत्रीले माघ १८ गते साँझ कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको घटना मिलापत्र भएको छ । पीडितले माघ १९ गते प्रहरी चौकीमा उजुरी दिएपछि दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर बयान लिने क्रममा आरोपितले गल्ती स्वीकार गर्दै माफी मागेपछि मिलापत्र भएको पीडितका छोरा लालबहादुर चौधरीले बताए । पीडित थारुले छिमेकको कुरामा माफी मागेपछि किन बढाउने भनेर मिलापत्र गरेको बताइन् । आरोपित खत्रीले मदिरा सेवन गरी बोक्सी भन्दै कुटपिट गरेको पीडित पक्षले जनायो । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis