Incident Reports

धरानमा प्रहरीद्वारा स्वास्थ्यकर्मी माथि कुटपिट

2020-04-16

Province 1, Sunsari, Dharan, Ward 6

धरान ६ पानबारीमा लकडाउन उल्लङ्घन गरेको भन्दै स्वास्थ्यकर्मीले कुटाइ खाएका छन् । 

बिहीबार स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनाललाई धरानकाे पानमारा प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउतले पाइपले कुटपिट गरेको खनालले बताएका छन् । धरानबाट पानमारास्थित एक  विरामीको ड्रेसिङ गर्न जानेक्रममा उनीमाथि कुटपिट गरिएको खनालको भनाइ छ ।

पानमारा प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउतले भने पानबारीस्थित मितेरी बैंक नजिकै बिहान भिड बढ्न थालेपछि भिडलाई हटाउने क्रमा  दुध लिन पुगेका खनाललाई लागेको हुनसक्ने बताएका छन् ।

उनले भने ' भिड हुन थाल्यो हामीले भिडहटाउने क्रममा वहाँलाई लागेको हो । वहाँलाई लागि सकेपछि हामीलाई परिचय पत्र देखाउनु भयो हामीले नियत बनाएर वहाँलाई कुटेको हैन । तर वहाँ विरामी हेर्न नभइ दुध लिन आउनु भएको रहेछ ।' 

धरान २० बिष्णुपादुकाको स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत खनालको घाटी नजिकैको भागमा सुम्ला बसेको छ । 

उक्त घटनालाई लिएर अहिले  धरान उपमहानगरपालिकामा  उपमहानगर अन्तर्गतको स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको आकस्मिक भेला  भइरहेको छ । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले भने स्वास्थकर्मी खनालले घटनाको बारेमा जानकारी गराइसकेको बताउदै,  प्रहरीबाट पनि जानकारी लिने बताए ।  यादवले भने ' एक पक्षको कुरा सुनियो स्वास्थ्यकर्मीहरुको भेला भैरहेको छ । मेयर साव पनि आदै हुनुहुन्छ । अहिलेको अवस्थालाई हेरेर प्रहरीको पनि कुरा सुन्नु पर्ने हुन्छ । '

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Youth Killed 00
Total Injured 1
Local Newspaper - Sunsari

0 Comments