Incident Reports

एमाले नेता कार्की हत्याका पाँच अभियुक्तलाई जन्मकैद l

2014-02-06

Province 1, Okhaldhunga, Siddhicharan

Shiva Prasad Dhungana जिल्ला अदालत ओखलढुङ्गाले नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य छविलाल कार्कीको हत्याका पाँच अभियुक्तलाई माघ २३ गते साँझ जन्मकैदको फैसला गरेका गरेको छ । न्यायधीश सुभाषबाबु पुरीको इजलासमा दिनभर भएको बहसपछि साँझ फैसला भएको हो । पुर्पक्षमा रहेका एमाओवादीका कार्यकर्ताहरु पोखरे गाविसका अडिग भनिने यदुनाथ घिमिरे, दियाले गाविस-९ का टीकाराम भुजेल, पोखरे गाविसकै ढुण्डीराज भनिने विमर्शराज घिमिरे, तलुवा गाविसका नवराज बस्नेत र कार्कीका दाजु चन्द्रबहादुर कार्कीलाई जन्मकैदको सजाय तोकिएको जिल्ला अदालत ओखलढुंगाका श्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए त्यसैगरी सोही मुद्दामा तारेखमा रहेका ठूलाछाप गाविसका देवबहादुर कटुवाल र दीलबहादुर सार्की तथा भदौरे गाविसका लालबहादुर भूजेललाई तीन वर्षो कैद तोकिएको छ । उक्त मुद्दामा किटानी जाहेरी परेर फरार रहेका एमाओवादीका कार्यकर्ताहरु विचार भनिने बाबुराम सुवेदी 'विदुर', दीपक कटुवाल, तारा सिके लगायत सात जनाको मुद्दा मुल्तवीमा राखिएको छ । मुद्दाको फैसलापछि वादीका तर्फाट बहस गरेका अधिवक्ता नानीबाबु बुढाथोकीले पीडितले न्याय पाएको बताए । एमाले नेता कार्कीको ०६७ साल असार २४ गते एमाओवादीका कार्यकर्ताहरुले ठूलाछापको निसंखेस्थित तारा होटलमा खाना खादै गरेको अवस्थामा रड र लाठीले हानेर हत्या गरेका थिए । शिवप्रसाद ढुङ्गान

0 Comments

Related Reports
Related Trend Analysis