Incident Reports

कालिका नगरपालिकाको दर्जनौं ठाउँमा बाटो अवरोध, एम्बुलेन्सलाई समेत सास्ती

2020-04-20

Bagmati, Chitawan, Kalika

चितवन । पुर्बी चितवनको कालिका नगरपालिकाको दर्जनौं ठाँउमा बाटो अबरोध हुँदा बिरामी बोक्ने एम्बुलेन्सलाई समेत सास्ती भएको पाइएको छ । मुल सडक अन्तर्गत जुटपानी-शक्तिखोर- सिद्धि सम्म तथा तिनदोभान देखि माथिका गाउँ जाने  बाटो समेत अबरोध भएको पाइएकाे हो।

कालिकाको चिसापानी देखी गैरीबारी चोक, शक्तिखोरको बहुदल बजार, कयर खोलाको पुल, सिन्ती झरना चोक, तीनदोभान बजार, वडा नं११ को  कार्यालय अगाडि र सो भन्दा माथि लगाएत विभिन्न दर्जनौं स्थानमा बाटो अबरोध गरिएको छ ।

बाटो अबरोध हुँदा बिरामी बोक्ने एम्बुलेन्स र अत्यावश्यकिय साधनलाई समेत असजिलो भएको छ । धेरै जसो स्थानमा नगरकै वडा अध्यक्ष, सदस्यहरु नै बाटो बन्द गर्दै बसेको पाइएकाे थियो भने वडा अध्यक्षहरुको घर अगाडी नै र मेयर खुमनारायण श्रेष्ठकै घर छेेऊ मै पनि बाटो बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले लकडाउनलाई सबैले पालना गर्न र मुल सडक अवरोध नगर्न गरेको अनुरोधको कालिका नगर क्षेत्रमा पालना भएको पाइदैन । प्रहरी चौकी जुटपानीका प्रहरीहरु सो मुल बाटो हुँदै गस्तीमा गए पनि मुकदर्शक भएर जन प्रतिनिधिको डरले केहि नबोली फर्कने गरेका छन ।

केहि स्थानमा त स्थानियहरु लौरो, भाटा समेत लिएर असुरक्षित तरिकाले मुखमा माक्स समेत नलगाई  बसेका छन । उनीहरुले बिरामी बोकेर साइरन बजाउदै आएको एम्बुलेन्सलाई समेत रोकेर अनेक सोधपुछ गर्दै गरेको दृश्य सो सडकमा देख्न सकिन्छ । अत्यावश्यक कामका लागि गाउँबाट आएका गाउँले हरुले मोटर साइकल तथा अटो समेत  अबरोध बाटोमा बोकेर तार्ने  गरेको तस्बिरमा देख्न सकिन्छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments