Incident Reports

छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-04-20

Madhes, Saptari, Dakneshwori, Ward 4

छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ भुतही बस्ने ४८ वर्षीय रामाकान्त रामलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ४५ वर्षीय सौगबिर रामसँग काठको विषयमा विवाद हुँदा रामकान्त र उनको छोरा प्रदिप रामले सौगबीरलाई चक्कु प्रहार गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरीले रामाकान्तलाई पक्राउ गरेको हो । घाइते भएका सौगबीरलाई उपचारका लागि राजबिराजतर्फ पठाइएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports