Incident Reports

पत्नीलाई मार्न खाजेको आरोपमा गिरफ्तार l

2014-02-05

Sudurpashchim, Kailali, Godawari

Sur Bahadur Pariyar गेटा गाविस-४ अत्तरिया बजारकी १८ वर्षीया गीता खड्कालाई पति ३८ वर्षीय राजबहादुर खडकाले मार्न खोजेको आरोपमा माघ २२ गते इलाका प्रहरी कार्यालय मालाखेतीले गिरफ्तार गरेको छ । परपरुष हेरेको आरोपमा राजबहादुरले माघ २२ गते बिहान ६ बजेदेखी साँझ ५ बजेसम्म घरमा थुनेर राखेर गीतालाई हतौडाले हिर्काएर मार्न खोजेको आरोपमा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दियो । पीडित महिलाले घरको झ्यालबाट छिमेकीलाई बचाउन गुहार मागेपछि छिमेकीले स्थानीय इलाका प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीले पीडित महिलालाई उद्धार गरेको थियो । पति राजबहादुर र पत्नी गीता माघ २१ गते चौमाला गाविस-८ बनवेहेडा आफ्ना काका घरमा सत्य नारायण पुजामा गएको वेला परपुरुषसँग बोलेको आरोपमा राति नै घर फर्काएर कुटपिट गरेको पीडितले प्रहरीमा बयान दिएकी थिइन । दोस्रो पत्नीका रुपमा रहेकी गीतासँग चार महिना अगाडि मात्र राजबहादुरले विवाह गरेका थिए । राजबहादुरकी जेठी पत्नीलाई पनि याताना दिएका कारण घर छोडेर माईतमा बस्दै आएको प्रहरीले जनायो । पीडित महिलालाई स्थानीय गैरसरकारी संस्थाको सेभहाउसमा राखिएको छ । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis