Incident Reports

अध्यादेशविरूद्ध संसद भवनअघि कांग्रेसको प्रदर्शन

2020-04-23

Bagmati, Kathmandu, Kathmandu

सरकारले ल्याएका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले संसद भवन अगाडि प्रदर्शन गरेका छन्।

लोकतन्त्र दिवसको अबसरमा बिहीबार विहान उनीहरूले लोकतन्त्रको सम्मान र अध्यादेश खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। कांग्रेस नेता रञ्जित कर्णका अनुसार सामाजिक दूरी कायम गरी प्रदर्शन गरिएको हो।

नेविसंघ नेता भुवन भट्ट, क्षितिज भण्डारी, ऋषि कोइराला, सञ्जिव निरौला, योगेश भट्ट, विनोद शाही ठकुरी, महेन्द्र राज, भूपेन्द्र जोशीलगायतले संसद भवन नयाँ वानेश्वरअगाडि सडकमा प्रदर्शन गरेका हुन्।

‘संविधानको मर्मविपरीत ल्याइएका लोकतन्त्र विरोधी अध्यादेश खारेज हुनुपर्छ,’ कर्णले भने, ‘लोकतन्त्र कमजोर बनाउन ल्याइएका अध्यादेश खारेज नगरे चरणवद्ध आन्दोलन गर्छौं।’

उनीहरूले भ्रष्टचारीलाई कारबाहीको पनि माग गरेका थिए।


धनगढीमा लकडाउनका बीच सरकार विरुद्ध उत्रियो नेविसंघ

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले लकडाउनका बीच सरकारले ल्याएको अध्यादेशको खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरेको छ। धनगढस्थित प्रदेश सभाको भवन अगाडि केहीबेर प्रदर्शन गरिएको हो।

लोकतन्त्रलाई अप्ठ्यारोमा पार्ने गरी ल्याइएको अध्यादेशको विरोधमा प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्वर ५ का सभापति गजेन्द्र बिक्रम शाहीले बताए। अहिले सरकारको ध्यान जनताको जिवन रक्षामा केन्द्रित हुनुपर्नेमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप पनि नेविसंघले लगाएको छ।


अध्यादेशविरुद्ध डडेल्धुरामा पनि प्रदर्शन


सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै डडेल्धुरामा पनि नेपाल विद्यार्थी संघले सांकेतिक प्रदर्शन गरेको छ।

शुक्रबार विहानै उनीहरुले जिल्ला सदरमुकामको तुफानडाडामा प्रदर्शन गरेका हुन्। विवादस्पद अध्यादेश फिर्ता गर्नुपर्ने, जनताको जीवन रक्षामा केन्द्रीत हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

नेविसंघले सामाजिक दुरी कायम गरी प्रदर्शन गरेको हो। लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लकडाउनमा समेत विरोधमा उत्रनु परेको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियू सभापति तथा नेविसंघ सदस्य जगत ऐरले बताए।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali

0 Comments