Incident Reports

सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीमाथि भारतीय नागरिकद्वारा आक्रमण

2020-04-21

Sudurpashchim, Kailali, Dhangadhi, Ward 2

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् ।

नेपाली–भारत सीमा क्षेत्र कैलालीको धनगढी उपमहानगरपालिका–२ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयहरुले आक्रमण गरेका हुन् ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरेको लकडाउनको अवधिमा पनि भारतीयहरु नेपाल भित्रिन थालेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती बढाइएको थियो ।

जसअन्तर्गत कैलालीका सीमावर्ती क्षेत्रमा पनि सशस्त्र प्रहरीको परिचालन बढाइएको थियो । सरकारले सीमा क्षेत्र खटाएअनुसार परिचालन भएका सशस्त्र प्रहरीका सुरक्षाकर्मीमाथि मंगलबार भारतीय नागरिकहरुले आक्रमण गरेका हुन् ।

सीमावर्ती भारतीय गाउँ वनगाउँका थारु समुदायका व्यक्तिहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भारतीयको आक्रमणबाट सशस्त्र प्रहरीका एकजना कर्मचारीको आँखामा चोट लागेको थियो । उनको कैलालीको गेटास्थित आँखा अस्पतालमा उपचार भएको जनाइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Others
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) APF
Actor 2 - Youth unknown
Total Injured 1
Youth Abducted 00
National/Online Media

0 Comments

Related Reports