Incident Reports

No translation available.

2014-02-05

Nanda Ram Paudel झापा जिल्ला मेचि नपा-९ की एक २७ वर्षीया महिलालाई भारतको दिल्ली स्थित एक होटलबाट भारतीय प्रहरीको सहयोगमा उद्धार गरी माघ २२ गते नेपाल ल्याइएको छ । दलालले जागीरमा लगाई दिने प्रलोभनमा पारी १३ महिना अघि दिल्ली स्थित एक होटलमा बेचिएकी थाहा भएपछि शान्ति पुनर्स्थापना गृह कृष्णनगरको पहलमा भारतीय प्रहरी, नेपाली दुतवास तथा नेपाली प्रवासी मित्र मञ्च लगाएतको सहयोगमा होटलबाट उद्दार गरिएको थियो । आफ्नै छिमेकीले मासिक पाँच हजार आईसीमा होटलमा काम लगाई दिने भनि लगि बेचिएको थियो । होटलमा पीडितलाई बिहान बेलुका पेट भरी खानसमेत नदिन यौन कार्यमा लगाइ नारकिय जीवन बिताउन बाध्य पारिएको थियो । शान्ति पुनर्स्थापना गृहको पहल तथा नेपाली दुतवास र भारतीय प्रहरीको सहयोगमा केही दिन पहिले होटलमा छापामारी पीडित महिलालाई उद्धार गरी दिल्ली स्थित नारी निकेतन संस्थामा राखिएकोमा अदालतको निर्णयछि नेपाली दुतवासले नेपाली प्रवासी मित्र मञ्चकी प्रतिनिधि अम्बिका अर्याललाई माघ २१ गते बुझाएकोमा ०७० माघ २२ गते नेपाल ल्याई जिल्ला प्रशासन कार्यालयको रोहवरमा शान्ति पुनर्स्थापना गृहलाई हस्तान्तरण गरिएको छ । पुनर्स्थापना गृहका संयोजक भुमिराज भर्टराईले नेपाली चेलीहरु भारतका होटलहरुमा दुखः पाई रहेको र यस वर्ष ११ जना महिलाहरुको उद्धार गरिसकेको बताए । उनले पीडित महिलालाई आफन्तलाई बुझाई दलाललाई कारबाहीको लागी पहल गर्ने बताएका छन् । महिलाको घरको आर्थिक अवस्था कमजोर रहेको र दुई छोरी र एक छोरा छाडेर कामको सिलसिलामा दिल्ली पुगेकी थिइन् । पीडितका पति कामको सिलसिलामा साउदी गएकोले घरमा हजुरबुवा आमालाई बालबच्चालाई जिम्मा लगाई गत उनी दिल्ली पुगेकी थिईन ।

0 Comments