Incident Reports

धनगढीमा दुई युवकमाथि आक्रमण, एकको हात भाचियो

2020-04-21

Sudurpashchim, Kailali, Dhangadhi, Ward 3

धनगढीमा दुई युवकमाथि आक्रमण भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा मंगलबार कञ्चनपुरबाट मोटरसाईकलमा आउँदै गर्दा ६/७ जनाको समूहले दुईजनालाई आक्रमण  गरेका हुन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का गणेश चन्द सहितका दुई जनालाई आक्रमण गरेको हो। आक्रमणमा परेका चन्दको हात भाचिएको छ।  उनको धनगढीको सारथी अस्पतालमा उपाचार भइरहेको छ। चन्दले आफु माथि किन आक्रमण गरेको हो भन्ने विषयमा थाहा नभएको बताए। राजघाट पुलको छेउमा आफूमाथी ६/७ जनाको युवाको समुहले आक्रमण गरेको बताए।

तत्काल प्रहरीलाई खबर   गरेपनि उनीहरुलाई पक्राउ गर्न बेवास्ता गरेको चन्दले आरोप लगाएका छन्। उल्टै प्रहरीले आफुहरु माथि दुव्र्यवहार गरेको उनले बताए। तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले प्रहरीले दुव्र्यवहार नगरेको दावी गरेका छन्। उनले गत मंगलबार दिउँसो दुई युवाहरुको समुह बिच सामान्य बिवाद मात्र भएको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments

Related Reports