Incident Reports

यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक गिरफ्तार l

2014-02-04

Province 1, Morang, Kerabari

Sukdev Chaudhary आठजना बालबालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा केराबारी गाविस-६ स्थित मिनिल्याण्ड एकेडेमी स्कुलमा कार्यरत शिक्षक ५५ वर्षीय किशोर तिम्सिनालाई प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ । नर्सरी तथा एलकेजीमा अध्ययरत बालबाललिकालाई ट्युसन पढाउने क्रममा मुखमैथुन तथा यौन दुर्व्यवहार गरेको भन्दै स्थानीय अभिभावकहरुले इलाका प्रहरी कार्यालय केराबारीमा माघ २० गते उजुरी दिएका छन् । सोही उजुरीका आधारमा प्रहरीले उनलाई गिरफ्तार गरेको हो । स्थानीयवासीका अनुसार नर्सरी तथा एलकेजीमा अध्ययनरत पाँच बालक, छ र आठ वर्षीया दुई बालिकाका अभिभावक नभएको समयमा ट्युसन पढाउँदा आरोपितले माघ २० गते मुखमैथुन र यौनदुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । आरोपित शिक्षकलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी अनुसन्धान थालिएको छ । उनीविरुद्ध अप्राकृतिक मुखमैथुन तथा दुर्व्यवहार सम्बन्धी मुद्दा चलाइने इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर नवराज कार्कीले बताए। सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis