Incident Reports

पत्नीलाई छुरा प्रहार गरेको आरोपमा पति गिरफ्तार l

2014-02-05

Bagmati, Chitawan, Chitwan National Park

Pasang Bomjan Tamang काँकु गाविस-९ की ४२ वर्षीया पत्नी लाक्पा जाङमु शेर्पालाई छुरा प्रहार गरी फरार रहेका उनका पति ४५ वर्षीय नुरु शेर्पालाई जिल्ला प्रहरी कार्यालयले माघ २२ गिरफ्तार गरेको छ। घटनापछि फरार रहेका आरोपित सल्यान गाविस-८ स्थित आफन्तकोमा बसेको सूचनाको आधारमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर नारायण भट्टराईले बताए । पीडितले ०७० पुस २५ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय सोलुखम्बुमा उजुरी दिएको थियो । आरोपितले ०७० पुस २३ गते साँझ घरमा खाना खाने क्रममा घरायसी विवादमा छुरा प्रहार गरेको पीडितले बताइन् उजुरीमा उल्लेख गरेकी छन् । छुरा प्रहारबाट पीडितको अनुहारमा गहिरो चोट लागेको प्रहरीले जनायो । पीडितको जिल्ला अस्पताल फाप्लुमा ०७० पुस २४ गते उपचार भयो । प्रहरी हिरासतमा रहेका आरोपितलाई आवश्यक कारबाही गर्ने इन्स्पेक्टर नारायण भट्टराईले बताए । पासाङ बम्जन तामाङ

0 Comments

Related Reports
Related Trend Analysis