Incident Reports

क्वारेन्टाइनमा युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ

2020-04-23

Madhes, Dhanusha, Bideha, Ward 6

धनुषाको एक क्वारेन्टाईनमा बसेकी युवतीमाथि बलात्कार प्रयास भएको घटना सार्वजनिक भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर ६ को क्वारेन्टाईनमा एक सातादेखि बस्दै आएकी २२ वर्षीया युवतीमाथि गएराती बलात्कार प्रयास भएको घटना सार्वजनिक भएको हो ।

गएराती अन्दाजी ११ बजेतिर क्वारेन्टाइनमा विदेह नगरपालिकामा बस्ने एक महिलालाई सरसफाई कर्मचारी २८ वर्षीय सञ्जिव पासवानले बलात्कारको प्रयास गरेको आरोप ती महिलाले लगाएकी छिन् । बलात्कारको प्रयास गरेपछि महिला चिच्याएर हल्लाखल्ला गरेकी थिइन् । तर विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले भने महिलाले लगाएको आरोप गलत रहेको जिकिर गरे ।

उनले ती महिलासँगै अर्को महिला पनि उनकै कोठामा रहेकी र उनीसँग घटनाको सम्बन्धमा बुझ्दा महिलाले लगाएको आरोप गलत रहेको दावी गरे । एक हप्ताअघि भारतबाट आएकी ती महिलालाई क्वारेन्टाइनमा राखिएको थियो । यता, पीडित महिलाको उजुरीको आधारमा प्रहरी चौकी तिनकौरियाले युवकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments