Incident Reports

कीर्तिपुरमा कुटिए विद्यार्थी (भिडियोसहित)

2020-04-25

Bagmati, Kathmandu, Kirtipur

१३ वैशाख, काठमाडौं । सहकर्मी सुरक्षाको माग गर्दै कीर्तिपुर प्रहरी कार्यालय गएका विद्यार्थीलाई अज्ञात समूहले कुटपिट गरेको छ । बीच सडकमा लडाएर विद्यार्थीहरुलाई टाउकोमा कुल्चेको भिडियो अनलाइनखबरलाई प्राप्त भएको छ ।

निर्घात कुटाइ खाने विद्यार्थी ललितजंग रावत रहेको र उनी त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अध्ययनरत रहेको बुझिएको छ । उनलाई अहिले स्काउटले उद्धार गरेर अस्पताल पठाएको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायाण श्रेष्ठले बताए ।

राहत वितरणको विषयमा केही दिनअघि भएको विवादपछि आफ्ना सहकर्मीको सुरक्षा माग गर्दै विद्यार्थीहरु महानगरीय प्रहरी कीर्तिपुर पुगेको अध्यक्ष श्रेष्ठले बताए । प्रहरी परिसरबाट फर्कनै लाग्दा उनीहरुमाथि शनिबार बिहान ९ बजे कुटपिट भएको श्रेष्ठले बताए ।

काठमाडौं प्रहरी परिसर कीर्तिपुर वृत्तका डीएसपी छेदिलाल कामदीले लकडाउन उल्लंघन गर्दै केही युवाहरु सडकमा निस्किएको र आपसमा भिडेको बताए । उनले भने, ‘स्थानीयवासीले झगडा भएको खबर गर्नासाथ हामी त्यहाँ पुगेका थियौं तर हामी जाँदा त्यहाा कोही थिएनन् ।’

स्थानीय विद्यार्थीहरुले भने राहत माग्नेहरुलाई उच्छृङ्खल युवाको समूहले कुटपिट गरेको बताएका छन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports