2020-04-24
Sudurpashchim, Doti, Shikhar, Ward 8
१३ वैशाख, डोटी । डोटीको शिखर नगरपालिका-८ गोपघाटमा एक महिलाको रहस्यमय ढंगले हत्या भएको छ । शुक्रबार बिहान करिब ४ बजेतिर आक्रमणमा परी गम्भीर घाइते भएकी अन्दाजी २८ वर्षीया राजु दमाईको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गयो ।
प्रहरीकाअनुसार राजुका श्रीमान कृष्ण दमाईले प्रहरीलाई आफ्नो श्रीमतीमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताएका छन् । बिहान ४ बजे म शौचालय गएका बेला श्रीमतीमाथि आक्रमण भएको तर आक्रमण कसले गर्यो भन्नेबारे आफूलाई थाहा नभएको कृष्णले बताएका छन् ।
राजु र कृष्ण श्रीमान-श्रीमती हुन् । उनीहरू राति सँगै सुतेका थिए । घाँटी र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा बिहानपख कृष्णकी श्रीमती राजु फेला परेकी थिइन् ।
त्यसपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याएको केहीबेरमै उनको मृत्यु भएको तिलताली प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए ।
डडेल्धुरा अस्पतालमै पोष्टमार्टम गरेर शनिवार दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । उनले घटनास्थलमा कुनै हतियार पनि फेला नपरेको बताए ।
हत्या अनुसन्धानका लागि श्रीमान कृष्ण दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको बोहराले जानकारी दिए । मृतकका दुई छोरा र एक छोरी छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Unclear |
Primary Cause | Unclear |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Unclear |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Female Killed | 1 |
Total Abducted | 00 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance