Incident Reports

काम गर्ने सम्झौता गरेको भन्दै वडा अध्यक्षबाट मजदुर कुटिए

2020-04-20

Gandaki, Baglung, Galkot, Ward 5

वीरगञ्जको छिपरमाई गाउँपालिका–३ घर भएका अजय कुमार शाहले आफूलाई वैशाख ८ गते गलकोट नपा–५ का वडा अध्यक्ष नारायणध्वज मल्लले कुटपिट गरेको आरोप लगाउनुभएको छ ।

पीडितले सोहि दिन इलाका प्रहरी कार्यालय हरिचौरमा निवेदन दिन जाँदा घाउ जाँच गरेर रिपोर्ट आएपछि अन्य प्रक्रिया अगाडी बढाउने भनिए पनि हालसम्म प्रहरीले आरोपितलाई सोधपुछ समेत नगरेको शाहले बताउनुभयो ।

‘मैले वैशाख ९ गते नै प्रहरीलाई घाउ जाँच गराएको रिपोर्ट बुझाएको छु, –शाहले भन्नुभयो– ‘अहिले सम्म मलाई प्रहरीले केही खबर गरेको छैन ।’

गलकोट नपा–६ को वडा कार्यालय भवन निर्माणको ठेक्का लिएका ठेकदारका कामदार लकडाउनको कारण उपस्थित हुन नसकेपछि शाहले सोही ठेकदारसँग स्थानीय जनप्रतिनिधिको रोहबरमा सामाजिक दुरी कायम गरी काम गर्ने सम्झौता गर्नुभएको थियो ।

‘लकडाउनको कारणले घर जान सकिएन, यहाँ बसेर खान पुग्दैन’, –शाहले भन्नुभयो –‘लामो समयदेखि यही ठाउँमा बसेकाले बाहिरको मान्छे नल्याउने सरकारको सबै निर्देशन पालन गरेर काम गर्ने सम्झौता गरेका थियौ, तर वडा नम्बर ५ का वडा अध्यक्षले गलकोट छोडेर जा भन्दै धम्की सहित कुटपिट गर्नुभयो ।’ वडा अध्यक्षको कुटाइबाट शाहको खुट्टामा चोट लागेको छ ।

लकडाउन भएपनि गाउँमा बाहिरको मान्छे नआउने र त्यही भएकाले काम गर्दा समस्या नपर्ने भन्दै शाहलाई वडा कार्यालयको भवन निर्माणको काम गर्न स्वीकृति दिएको वडा नम्बर ६ का वडा अध्यक्ष नरबहादुर खत्रीले बताउनुभयो ।

भवन निर्माणको कार्य पहिला दाङबाट आएका मजदुरहरुले गरेका थिए । उनीहरु दाङ गएको समयमा लकडाउन सुरु भएपछि उनीहरु उतै रोकिएकाले गलकोटमा भएका र काम नपाएका मजदुरलाई काम गराउनको लागि ठेकदार योगेश भण्डारीले वडा कार्यालयमा सम्झौता गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।

वडा अध्यक्षले मजदुर कुटेको खबर आएपछि अध्यक्ष मल्ललाई सम्पर्क गर्न खोजेको भएपनि सोहि दिनदेखि फोन स्वीच अफ भएको उहाँले बताउनुभयो । ‘वडा अध्यक्षसँग सम्पर्क हुन नसकेपछि भवन निर्माणको ठेकदारसँग कुरा गरेको थिए’,– खत्रीले भन्नुभयो – ‘लकडाउनको कारणले रोजगारी गुमेका मजदुरलाई सहयोग गर्नुपर्ने ठाउँमा कुटपिट गर्नु राम्रो होइन वास्तविकता बुझ्ने प्रयास गरिरहेको छु । ’

वडा अध्यक्ष नारायणध्वज मल्लले लकडाउनको समयमा काम नगर्न  र कामको सम्झौता पनि नगर्न भनेर सम्झाउन जाँदा मजदुरहरुले अटेरी गरेपछि त्यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।

‘मैले उनीहरुलाई पटक–पटक सम्झाएको थिए,’– मल्लले भन्नुभयो – ‘उनीहरुले स्थानीयहरुको घर बनाउने र अन्य कामहरु पनि गरेकाले नगर भनेर सम्झाउदा अटेरी गरेको उहाँले बताउनुभयो । कुटपिट गर्ने नियत नभए पनि सम्झाइ बुझाइ गर्दा नमानेपछि हात उठेको उहाँले स्वीकार गर्नुभयो ।

आफू कुटिएको भन्दै प्रहरी कार्यालय आएका शाहलाई घाउ जाँच फारम दिएर चेकजाँचको लागि पठाएको भएपनि हालसम्म रिपोर्ट आफूले प्राप्त नगरेको इलाका प्रहरी कार्यालय हरिचौरका इन्स्पेक्टर केशव सिंह थापाले बताउनुभयो ।

‘हिजो दिनभर ठाउँ ठाउँमा पहिरो गएको थियो त्यसैको अनुगमनमा थिए, साँझ चट्याङले लागेर मान्छे मरेपछि अहिले त्यतै पुगेर कार्यालय आएको छु, ’ – थापाले भन्नुभयो – ‘ म सँग अहिलेसम्म घाउ जाँचको रिपोर्ट आएको छैन, आरोपित वडा अध्यक्षको फोन अफ छ, उहाँलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छु ।

सिर्जना पन्त

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments