Incident Reports

सार्वजनिक सूचनाको अन्तिम दिनसम्म नौ जना कमलरीको उद्धार l

2014-02-11

Sur Bahadur Pariyar जिल्ला प्रशासन कार्यालय, कैलालीले कमलरी मुक्तिका लागि प्रकाशित गरेको सार्वजनिक सूचनाको अन्तिम दिन माघ २८ गतेसम्म नौ जना कमलरी बालिकाहरूको उद्धार भएको छ। जिल्ला प्रशासन कार्यालय, कैलालीले माघ १३ गते कमलरी बसेकी बालिका र कमलरी राख्ने घर-मालिक तथा कमलरी बनाउन सहयोग गर्ने समेत नाम र ठेगना सहित १६ दिने सूचना जारी गरेको अन्तिम दिनसम्म नौ जना घरमालिकले कमलरीलाई जिल्ला प्रशासन कार्यालय, कैलालीमा उपस्थित गराएको जिल्ला प्रशासन कार्यालय प्रशासकिय अधिकृत चिञ्जीवि घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा प्रकाशित गरेका ८३ जना कमलरी मध्ये उद्धार तथा पुर्नस्थापना भएकी वेलादेवीपुर गाविस-७ की जयन्ती चौधरी, धनगढी नपा-१ की लक्ष्मी चौधरी, हसुलिया गाविस-५ की सम्झना चौधरी, नारायणपुर गाविस-६ की कुष्मी चौधरी, सोही गाविस-७ की सम्झना चौधरी र विना चौधरी, धनसिंहपुर गाविस-७ की दीपा चौधरी र सोही गाविस-४ की सिला चौधरी रहेको प्रशासकिय अधिकृत घिमिरेले जानकारी दिए । जिल्ला भित्र र बाहिर गरी ७५ जना बालिकालाई कमलरी राख्नेहरूले अन्ति दिनसम्म पनि प्रशासनमा उपस्थित नगराएकोले जिल्ला प्रशासन कार्यालय, कैलालीले घरमा छापा मार्ने तथा बालश्रम निषेध ऐन २०५६, बालबालिका ऐन २०४८ अनुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी वेदप्रसाद लेखकले जानकारी दिए । सुरबहादुर परियार

0 Comments