Incident Reports

माक्स बनाउनेको श्रीमति पनि कोरोना संक्रमित, संक्रमणको डरले मुस्लिम समुदायको पैसा चल्न छोड्यो

2020-04-23

उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ । विहिबार स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको संक्रमित उदयपुरकी ५५ वर्षिय महिला माक्स बनाएर बेच्ने टेलर्स संचालककी श्रीमति हुन् । श्रीमान् श्रीमति नै कोरोना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुवेदीले जानकारी दिए । उनलाई उपचारको लागि कोशी कोरोना विशेष अस्पताल विराटनगरको आइसोलेन कक्षमा उपचार हुँदैछ ।  

श्रीमानले भुल्के सामुदायिक वन उपभोक्ता समूहको अर्डरमा ८ सय २० थान माक्स बनाएर करिव ४ सय घर परिवारमा बाँडेका थिए । उनको टेलर्स संचालनको अलवा गाई भैसी र बाख्रा खरिद बिक्री गर्दै आएका छन् । 

मास्क सिलाएर बाँड्नेका दम्पती नै संक्रमित रहेको थाहा पाएपछि मास्क लगाउने घरधुरीका सबै परिवार त्रसित छन् । ‘मास्क मुस्लिम बस्ती र बाहिरका पनि धेरैलाई बाँडिएको थियो,’ स्थानीय शम्भु थापाले भने,’ सामुदायिक वन उपभोक्ता समूहले तिनैलाई दिएको रहेछ, उनैले सबै मास्क अर्का एकजना सहयोगी राखेर तयार गरेका थिए ।’ 

श्रीमान श्रीमति नै कोरोना संक्रमित भएपछि अहिले बुहारी, नाति नातिनाको कन्तविजोग भएका छन् । उनीहरुका एक बुहारी सहित एक नातिनी ८ वर्ष र एक नाति ४ वर्षका रहेका छन् । छोराहरु बैदेशिक रोजगारको शिलशिलामा कान्छो छोरा कुबेत र जेठो छोरो साउदीमा छन् । 

गाउँ नै सिल गरेपछि उनीहरु बाहिर निस्किन पाएका छैनन् । उनीहरुको पेशा व्यवसाय पनि चौपटभएपछि अहिले खान पीउनलाई समस्या छ ।

किन चल्दैन मुस्लिम समुदायको पैसा ?

स्थानीय पसल तथा दोकानहरुमा कोरोनाको डरले मुस्लिम समुदायले सामान आवश्यक सामान किन्न गएको रुपैया पैसा चल्दैन । उनीहरुको पैसा स्थानीय पसलहरुमा नचलेपछि स्थानीयहरु झन पीडित बनेको छ ।

मुस्लिम समुदाय भनेपछि दोकानबालाहरुले पनि खाद्यन्न दिन छोडेको मुस्लिम टोल सुधार समितिको सचिव मो. अनिस राइनले बताए । ‘हाम्रो समुदायमा रुपैया पैसा हुनेको पनि पैसा चल्न छोड्यो, ५६ घर परिवारकै मानिसहरुमा के खाउ के लाउँ भएको छ, उनीहरुको मुख्य पेशा कृषि हो ।’ उनले भने, ‘गाउँ नै सिल भएपछि कनि कुथी तरकारी बेचेर खानेहरु अहिले भोकभोकै बस्नु परेको छ ।’

गाउँमा गर्भवत्ती पाँच र सुत्केरी १३ महिलाको कन्तविजोग भएको मो. राइनले बताए । उनका अनुसार घरमा धान छ । तर, कुटापिसान नभएको कारणले कति परिवार भोकभोकै रहेको बताए । उनले भने, ‘गाउँलेहरुको स्थानीय पसलमा चल्दैन, गाउँ नै सिलभएपछि पैसा भएर पनि हाट बजार जान पाएको छैन, प्रशासनलाई गुहार गरेका छौं हाम्रो पैसाबाट अतिआवश्यक सामग्री खरिद गरेर ल्याई दिन भन्दा पनि प्रशासनले कुनै चासो दिइदैन् ।’

विदेशमा पैसाबाट पनि कोरोना संक्रमण फैलिएको सामाचार सुनेपछि स्थानीय पसलहरुमा मुस्लिम समुदायको पैसा लिन डर लागिरहेको एक स्थानीय पसल चलाउनेले बताए । सामाचारहरुमा अन्य देशमा कोरोना सार्न पैसामा थुक लगाएर फ्याक्ने लगायतका सामाचारहरु बाहिरिएपछि त्यस समुदायको पैसा लिन डर लागिरहेको पसलेले बताए । उनले भने, ‘बरु पैसा उनीहरुबाट लिएका छैनौं तर, सामान दिएका छौं ।’

कारोना संक्रमित क्षेत्रका मुस्लिम समुदायको कसै कसैको घरमा दुई दिनदेखि चुलो नबलेको मो. अनिस राइनले बताए । उनले भने, ‘वडाले वितरण गर्ने राहत पाएको छैन्, बुढाबुढी जसोतसो सहुला तर, बालबच्चाको घरमा रुवाबासी भएको छ ।’

राहतको विषयमा त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीसँग सम्पर्क गर्दा उनले भुल्के क्षेत्रमा १० गते राहत बाँड्न गऔं तर मुस्लिक समुदायका कसैले लिएनन् । ‘टोल विकास संस्थाले नै ज्याला मजदुरी, गरिव, अतिविपन्न गरी २७ घर परिवारको विवरण पठाएकोमा हामी त्यही अनुसार राहत पठाएका थियौं । वडाध्यक्षले भने, ‘उहाँहरुले सबैलाई दिनु पर्ने माग गरे र राहत लिन मान्नु भएन, ५७ घरघुरीलाई नै राहत दिनु पर्छ भनेर भनेपछि त्यस दिन नबाडेर विहिबार ५२ घर धुरीलाई जोहो गरेर पठाएका छौं ।’ बाँकी ५ घरधुरीलाई शुक्रबार राह पठाउने बताए । राहत सामग्री खरिद गर्न खोज्दा पनि समयमै नपाएर ढिलो भएकोले राहत ढिलो बाँडेको वडाध्यक्षले बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Religious sectarianism
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Muslim
Actor 2 - Youth youth
National/Online Media

0 Comments

Related Reports