Incident Reports

अझै हलियाहरू परिचयपत्र पाउनबाट वञ्चित l

2014-02-12

Sher Bahadur Chand जिल्ला हलिया पुनर्स्थापना केन्द्र, बैतडीले प्रमाणित गरेका ५ सय ८४ जना मुक्त हलिया परिवारले अझसम्म पनि परिचयपत्र पाएका छैनन् । जिल्लामा यसअघि २ हजार २२ जना प्रमाणीकरण भएका हलिया मध्ये परिचय पत्र पाउनेमा क वर्गको ९२ जना, ख वर्गको २ सय ६९ जना, ग वर्गको ३ जना र घ वर्गको १ हजार ७४ जना गरी जम्मा १ हजार ४ सय ३८ जनाले मात्रै परिचय पत्रपाएको र प्रमाणीकरणमा परेका ५ सय ८४ जना मुक्त हलियाले अझसम्म पनि परिचय पत्र नपाएको जिल्ला हलिया मुक्ति समाज, बैतडीले जनायो । परिचयपत्र लिन बाँकी रहेका हलियाहरू मध्ये धेरैलाई परिचयपत्र लिनका लागि खबर गरिसकिएको र केहीले आफू हलिया नभएको भनि हलिया पुर्नस्थापना केन्द्र, बैतडीमा निवेदन समेत दिएको भनि सो केन्द्रका सदस्य सचिव एवम् जिल्ला मालपोत कार्यालय, बैतडीका प्रमुख नरेन्द्रराज विष्टले वताए । जिल्लामा धेरै हलियाहरूको तथ्याङ्क छुटेको भन्दै इन्सेक बैतडीद्वारा गठित जिल्ला स्तरीय निगरानी सञ्जालको पहलमा छुट हलियाको तथ्याङ्क केही गाविसमा सङ्कलन गर्ने कार्य भइरहेको र केहीमा सम्पन्न भएका सञ्जालका संयोजक तथा मुक्त हलिया आन्दोलनका अगुवा राजुराम भुलले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis