Incident Reports

जबरजस्ती बिहे गर्न किशोरीको ‘अपहरण’!

2020-04-25

Sudurpashchim, Bajhang, Chabispathivera, Ward 7

बिहे गर्न भन्दै लगिएकी बझाङ छबिसपाथिभेरा गाउँपालिका वडा नं ७ बुडखोरीकी १५ वर्षीया किशोरीको उद्धार गरिएको छ।

छिमेककै केही व्यक्तिले बिहे गर्ने भन्दै किशोरीलाई शनिबार राति जबरजस्ती लगेर गएको तर स्थानीयले किशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले फुपूको घरमा खाना बनाउन गएका बेला किशोरीलाई सात जनाले विवाह गराउने भनेर लगेको पाइएको जानकारी दिए।

'जबरजस्ती बिहे गर्ने भन्दै किशोरीलाई फुपूको घरमा खाना बनाउन लागेका बेला उठाएर लगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। त्यहाँबाट उनलाई एक घण्टा टाढाको गोठमा एकदिनसम्म राखिएको पाइएको छ,' उनले भने,'थप अनुसन्धान हुँदैछ।'

अर्को दिन नजिकैको एक जना स्थानीयले थाहा पाएर किशोरीका आफन्तलाई खबर गरेका थिए। पछि स्थानीयले उनको उद्धार गरी स्वास्थ्य चेकजाँचका लागि जिल्ला अस्पताल लगिएको डिएसपी वमले बताए।

जबरजस्ती बिहे गर्न खोजेका ती व्यक्तिविरूद्ध शरीर बन्धक तथा अपहरणको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

घटनामा संलग्नहरूको खोजी र थप अनुसन्धानका लागि प्रहरी चौकी विसौनाबाट टोली खटिएको डिएसपी वमले बताए।

अहिले पीडित किशोरीलाई चैनपुरको सेभहाउसमा राखिएको छ।

किशोरीका बुवाको मृत्यु भैसकेको र आमाले दोस्रो बिहे गरेपछि उनी आफन्तकहाँ बस्दै आएकी थिइन्। बझाङमा किशोरीको चाहनाविपरीत जबरजस्ती बिहे गर्ने चलन छ। किशोरीका आफन्तसमेत रहेका वडा सदस्य कलक धामीले अपहरण शैलीमा बिहे गर्न नपाइने बताए।

छबिसपाथिभेरा गाउँपालिका ७ का वडा अध्यक्ष पदम मण्डेलले पछिल्लो केही वर्षयता यस्ता घटनामा कमी आएको भए पनि जबरजस्ती बालविवाह र जबरजस्ती बिहे गर्ने घटना भने नरोकिएको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments