Incident Reports

२ वर्षको छोराको विष सेवन गराई हत्या, आमाको अवस्था गम्भीर

2020-04-07

Madhes, Mahottari, Sonama, Ward 2

घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

मंगलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विष सेवनले दुई वर्षीय छोरा राहुलकुमार रामको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा मंगलबार मृत्यु भएको थियो । त्यस्तै विष सेवनका कारण ममताको स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार महिलाका श्रीमान् घरमै रहँदै आएका र पछिल्लो केही समययता श्रीमान् श्रीमती बीच दिनहुँ घरायसी विषयमा विवाद कायम रहेको समयमा महिलाले तनावमा आई यस्तो कदम उठाएको देखिएको छ ।

बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Secondary Form Suicide
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Female Injured 1
Local Newspaper - Kaski

0 Comments