Incident Reports

सामाजिक दुरीको बेवास्ता गर्दै मसाल जुलुस प्रदर्शन

2020-04-28

Madhes, Mahottari, Samsi

 केही दिनअघि पूर्व आइजीपी लगायतले अपहरण गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका नवगठित जनता समाजवादीका नेता तथा सांसद डा.सुरेन्द्र कुमार यादवको पक्षमा प्रदर्शन गरिएको छ । सो पार्टीका कार्यकर्ताहरुले मंगलबार साँझ डा. यादवको गृह गाउँमा मसाल जुलुस प्रदर्शन गरेका हुन् । कोरोना महामारीका कारण मुलुक लकडाउनमा रहेका बेला सामाजिक दुरीको समेत ख्यालै नगरी गरिएको प्रदर्शनमा प्रतिनिधिसभाका सदस्यहरुको समेत सहभागिता रहेको थियो । 

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका डा. यादव अपहरण काण्डमा प्रहरी तथा सरकारी वकिल कर्याालयमा जाहेरी दर्ता नभएपछि त्यसको विरोधमा  पार्टी कार्यकर्ताहरुले महोत्तरीमा प्रदर्शन गरेका हुन् ।  महोत्तरीको सम्सी गाउँपालिकास्थित सम्सी बजारमा भएको सो प्रदर्शनमा पार्टीका थुप्रै नेता कार्यकर्ताहरु सहभागी रहेका थिए ।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments