Incident Reports

बालकलाई कुटपिट गरेको आरोपमा जरिवाना l

2014-02-08

Bagmati, Makawanpur, Hetauda

Pratap Bishta बसामाडी गाविस-३ लेवटकी किरण थापाले आफ्नै संरक्षणमा रहेका बालक ८ वर्षीय क्रिश थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले पीडित बालकको उपचारको लागि आरोपितलाई १३ हजार रुपैयाँ जरिवाना गराएको छ । बालकलाई कुटपिट गरेको जानकारी पाएपछि अधिकारकर्मीहरूले माघ २५ गते पीडित बालकको उद्धार गरेर हेटौँडा अस्पतालमा औषधी उपचार गराएका थिए । शरीरका विभिन्न भागमा निलडाम हुने गरी आरोपित किरणले कुटपिट गरेकी थिइन् । दार्जेलिङबाट ०७० माघ ८ गते किरण थापाले आफ्नो संरक्षणमा बसामाडीमा बालकलाई साथमा लिएर आएकी थिइन । दार्जिलिङमा जन्मिएका बालकलाई आफ्नो बारेमा केही थाहा नभएको र किरण थापाले आफ्नो संरक्षणको जिम्मा लिएको बताए । दिदीको घरमा मोबाइलको कभर फुटाएको भन्दै बालकलाई थापाले कुटपिट गरेकी थिइन् । बालकले अधिकारकर्मीहरूसँग संरक्षक किरणले आफूलाई पटक-पटक कुटपिट गरेर यातना दिने गरेको गुनासो गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बालकको संरक्षण एवम् परामर्शका निम्ति माघ २७ गते सिविन बाल हेल्पलाइनलाई जिम्मा लगाएको थियो । कुटपिट गर्ने थापालाई बालकको औषधी उपचार र शिक्षाका लागि भनेर १३ हजार रुपैया जरिवाना गराउनुको साथै माफी पनि माग्न लगाएको सिविन हेल्पलाईन हेटौँडा कार्यक्रम अधिकृत झविन्द्र ज्ञवालीले बताए ।

0 Comments