Incident Reports

धनीले पनि पाएपछि विपन्नले बहिष्कार गरे राहत

2020-04-28

Madhes, Sarlahi, Balara, Ward 3

१६ वैैशाख, जनकपुरधाम । धनी वर्गलाई राहत दिएको भन्दै सर्लाहीको बलरा नगरपालिकाका विपन्नले स्थानीय तहको राहत बहिष्कार गरेका छन् ।

बलरा नगरपालिका-३ का विपन्न परिवारले राहत बहिष्कार गरेका हुन् । वडा कार्यालयले मंगलबार बिहान राहत वितरण गर्न लाग्दा बिघौं जग्गा हुनेदेखि सरकारी जागिरेसमेतलाई राहत उपलब्ध गराउन लागेको भन्दै दलित, गरीब र विपन्नले राहत लिएनन् ।

यो वडामा गरीब, विपन्नमा पर्ने माझी, राम र सदा समुदायको बसोबास छ । दैनिक मजदुरी गरेर छाक टार्दै आएका उनीहरुले हुनेखानेले नै राहत लिइरहेको देखेर आफूले राहत नलिएको स्थानीय रामदेव माझीले बताए । ‘हामीभन्दा विपन्न उनीहरु नै देखिए,’ उनले भने, “त्यहीँ भएर हामीले लिएनौं हाम्रो भागसमेत उनीहरुलाई दिँदा हुन्छ ।’

माझीका अनुसार अधिकांश विपन्नले राहत सामग्री लिएनन् ।

सबै परिवारको नाम राहतको सूचीमा

वडा कार्यालयले वडाभित्रका सबै परिवारको नाम राहतको सूचीमा राखेको छ । वडाध्यक्ष सञ्जीव श्रीवास्तवले वडाभरिका सम्पूर्ण परिवारलाई राहत दिने सूचीमा नाम राख्नुपरेको स्वीकारे ।

वडाभित्रका ५५० परिवारलाई नै राहत वितरण गर्न सूची बनाइएको वडा अध्यक्ष श्रीवास्तवले बताए । ‘सुरुमा २६४ जना विपन्न रहेको ठहर गर्दै राहत बितरण गर्न सूची बनायौं,’ उनले भने, ‘त्यसमा विवाद भयो । विवाद भएपछि सबैको नाम राखिदिने निर्णय भयो ।’

यो वडाले प्रतिपरिवार १० किलो चामल र २ किलो नुन मात्रै वितरण गरेको छ । वडाध्यक्ष श्रीवास्तवले नगरपालिका कार्यालयबाट राहत वितरण गर्न पाएको तीन लाखले चामल र नुन खरिद गरी वितरण गरिएको बताए । ‘अरु सामग्री दिन रकम नै पुगेन उनले भने, ‘त्यहीँ भएर दुई वटा सामग्री मात्रै बितरण गरेका हौं ।’

सर्लाहीको बलरा नगरपालिका वडानम्बर ११ ले पनि वडाभित्रका सबै परिवारलाई राहत स्वरुप नगदै वितरण गरेको छ । यो वडाले प्रतिपरिवार ७३५ रुपैयाँका दरले राहत स्वरुप नगद वितरण गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports