Incident Reports

छिमेकीद्वारा पाँच वर्षीय बालकको हत्या l

2014-02-08

Lumbini, Pyuthan, Sarumarani

Rabindra Pandey बाङ्गेशाल गाविस-१ मा ५ वर्षीय बालकको छिमेकीद्वारा हत्या भएको छ । छिमेकी २६ वर्षीया चन्द्रकला कुमालले इश्वरबहादुर कुमालको छोरा ५ शरद कुमालको माघ २५ गते दिउँसो घर नजिकै खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक रेग्मीले बताए । रेग्मीका अनुसार चन्द्रकलाले बालबालिकाहरूबीच भएको झगडाको बिषयलाई लिएर आवेगमा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुले पनि आरोपित महिलालाई माघ २५ गतनै गिरफ्तार गरी घटनाको अनुसन्धान भईरहेको बताए । मृत बालकको जिल्ला अस्पताल बिजुवारमा माघ २६ गते पोस्टमाटम गरिएको डिएसपी रेग्मीले बताए । रविन्द्र पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis