Incident Reports

दुई जना बालिका सहित तीन जनाको हत्या l

2014-01-20

Chhetu Sherpa पाथीभरा गाविस-१ की ३५ वर्षीया काली शेर्पा र दुई जना बालिका उनकै छोरी ८ वर्षीया मिङकिपा शेर्पा र भदैनी छोरी ४ वर्षीया ओङमु शेर्पाको माघ १६ गते राती अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या गरेको छ । पीडित परिवारमा गाई वस्तु खान नपाएर कराउन थालेपछि छिमेकीले खोजबिन गर्न क्रममा घर भित्र हत्या गरी ढोकामा ताला लगाएको अवस्था माघ २३ गते घटना सार्वजनिक भएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर यमनाथ अधिकारीको टोली पुगी अनुसन्धान सुरु गरेको छ । घटना कस्ले किन गराएको भन्ने पत्ता नलागेको र अनुसन्धान तिब्र बनाइएको इन्स्पेक्टर अधिकारीले बताए । चार जना छोरीकी आमा काली शेर्पाको दुई छोरी मोरङमा पढ्न गएको र एउटी छोरी खाँदबारीमा मामाघरमा थिइन् । उनीसँग भएको माइली छोरी र भाइ जीतबहादुर शेर्पाको छोरीको हत्या भएको हो । खुकुरी प्रहार गरी कान समेत काटी मृतकसँग भएको पाँच तोला सुन नभएको प्रहरीले जनाएको छ । उनका पति नुर्वु शेर्पा(शम्भु) भने दुई वर्षअघि मलेसियामा मजदुरीका लागि गएका छन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis