Incident Reports

नेपाली सेनाको गोली लागि एक महिला घाइते l

2014-02-12

Lumbini, Bardiya, Geruwa

Man Bahadur Chaudhary पाताभार गाविस-३ की ३८ वर्षीया पवनदेवी रावल ०७० फागुन १ गते दिउँसो सोही ठाउँस्थित सिंहवानी सामुदायिक वनमा गाउँलेसँगै दाउरा काट्न गएको अवस्थामा नेपाली सेनाले चलाएको गोली लागि घाइते भएकी छन् । कैलाली जिल्ला तर्फकर्णाली नदीसँगै जोडिएको भुराखानी सामुदायिक वन र कैलेश्वर सामुदायिक वन बीचमा कैलाली जिल्लाकै गोरङ्ग भन्ने ठाउँमा रहेको नेपाली सेनाको भैरव गणको टोलीले तालिमको क्रममा अभ्यास गर्दा चलाएको गोली बर्दियाको सिंहवानी सामुदायिक वनमा दाउरा काट्न गएकी पवनदेवीको बाँया हातको पाखुरामा लागेको स्थानीयवासीले बताए । गोली लागि घाइते भएकी पवनदेविको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । उनीको पाखुरामा लागेको गोली स्वास्थ्यकर्मीको टोलीले निकालेको र घाइते जोखिम बाहिर रहेको पीडित महिलाकी पति बमबहादुर रावलले बताए । जिल्ला प्रहरी कार्यालय बर्दिया एसपी विरेन्द्रकुमार बस्यालले नेपाली सेनाको नियमित फाइरिङ्ग गर्ने स्थानबाट महिलालाई गोली लागेको बताए । नेपाली सेनाले फाइरिङ्ग गर्ने स्थानबाट सिहवानी सामुदायिक वन नजिक रहेको र गोली कसरी आयो भन्ने बारेमा केही थाहा हुन नसकेको बताउँदै सेनाले जोखिम हुन सक्ने क्षेत्रका सर्वसाधारणलाई अग्रिम जानकारी दिनुपर्ने भए पनि कार्यान्वयन नभएको एसपी बस्यालले बताए । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis