Incident Reports

हतियार प्रहारबाट दुईजना घाइते

2020-04-28

Madhes, Parsa, Kalikamai, Ward 5

कालिकामाई गाउँपालिका वडा नं ५ बिरन्चीबर्वामा धारिलो हतियार प्रहारबाट दुईजना सख्त घाइते भएका छन्।

स्थानीय बिकाउ ठाकुरले रक्सीसेवन गरी धारिलो हतियार प्रहार गर्दा सुजायत मियाँ र उनकी बुहारी सख्त घाइते भएकी हुन्। ठाकुर र मियाँ छिमेकी हुन् भने गत आइतवार उनीहरूबीच सामान्य घरायसी विवाद भएको थियो।

विवाद साम्य भएपनि हिजो मङ्गलवार एक्कासि बिकाउ ठाकुरले रक्सीसेवन गरी मात्तिएपछि मियाँको घरमा पसेर गडासीले सुजायतको टाउको र उनकी बुहारीको पिठ्यूँमा प्रहार गरेका थिए। राति ८ः३० बजे ठाकुर मियाँको घरमा पसेर घारिलो हतियार प्रहार गरेपछि छिमेकीहरू जुट्दा ठाकुरले नलकटुवा निकाली स्थानीयलाई तर्साएका थिए। ठाकुर यसअघि पनि दर्जनौं चोरी र डकैतीका घटनामा संलग्न छन्।

तत्कालीन माओवादी र मधेसवादी भूमिगत सङ्गठनको नाममा ठाकुरले विभिन्न व्यक्तिलाई धम्की दिएर लुटपाट गरेको प्रहरी रेकर्डमा दर्ता रहेको छ।

 घटनापश्चात् स्थानीय कालिकामाई इलाका प्रहरी कार्यालयको टोलीले ठाकुरलाई नियन्त्रणमा लिएको थियो। मियाँ र उनकी बुहारीलाई उपचारको लागि वीरगंज पठाइएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 2
Female Injured 1
National/Online Media

0 Comments

Related Reports