Incident Reports

उदयपुर घर भएकै कारण अस्पतालबाट निकालिइन् गर्भवती

2020-05-01

Province 1, Morang, Biratnagar

१८ वैशाख, विराटनगर । सुत्केरी व्यथा लागेको उदयपुरकी एक महिलालाई विराटनगरको नोबल मेडिकल कलेजले अप्रेशन थिएटरबाटै निकालिदिएको छ ।

मंगलबार प्रसूतिका लागि भर्ना भएकी २९ वर्षकी सरस्वती रौनियारलाई बुधबार बिहान अप्रेसन थिएटरबाट कलेजले निकालेको हो ।

शल्यक्रियाबाट बच्चा जन्माउनसबै प्रक्रिया पूरा भएपछि अप्रेसन थिएटरमा लगिएकी युवतीलाई चिकित्सकले ठेगाना उदयपुर गाईघाट देखेपछि शल्यक्रिया नगरी फिर्ता पठाएका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के क्षेत्रमा कोरोना संक्रमित भेटिएका थिए ।

कोरोना संक्रमण फैलिएको जिल्लाबाट आएको बताउँदै चिकित्सकले बिरामीलाई विराटनगरको कोशी अस्पतालमा रिफर गरेका छन् । कोशीमा सरस्वतीले शल्यक्रियामार्फत छोरा जन्माएकी छन् । बुधबार दिउँसो शल्यक्रिया गरिएका आमा बञ्चा दुवैको अवस्था सामान्य छ ।

सुत्केरी व्यथा लागेपछि श्रीमान प्रकाश गुप्ताले मंगलबार नोबल मेडिकल कलेज ल्याएका थिए । सरस्वतीको पहिलो बच्चा पनि नोबलमै जन्मिएको थियो । दोस्रो सन्तान जन्माउनका लागि चिकित्सकले बुधबार बिहान ७ बजे शल्यक्रिया गर्ने समय तोकेका थिए ।

शल्यक्रियाका लागि करिब ८ बजे सरस्वतीलाई अप्रेसन थिएटरमा लगियो । शल्यक्रिया हुने आशामा थिएटर छेउमा बसेका आफन्तलाई चिकित्सकले कोरोना संक्रमणको आशंका छ भन्दै शल्यक्रिया गर्न मानेनन् ।

सुरुमा आरडीटी परीक्षण गर्न भनेका चिकित्सकले पछि बिरामी नै लैजान भन्दै अप्रेशन थिएटरबाट निकालिदिए । बुधबार बिहान नोबल मेडिकल कलेजले रिफर गरेको पुर्जीमा लेखिएको छ ‘रेफर टु कोशी जोन अस्पताल, बिकज पेसेन्ट फ्रम उदयपुर ।’


‘अप्रेसन थिएटरबाट निकालेपछि कोशी लैजान भन्दै रेफर गरे’ प्रकाश भन्छन् ‘धन्न यहाँ शल्यक्रिया भयो ।’

कोशी अस्पतालमा बुधबार डाक्टर जीवन धमलासहितको टोलीले सरस्वतीको शल्यक्रिया गरेको थियो । ती महिला कोरोना शंकास्पद नै नभएको डा. धमलाले बताए ।

‘बिरामी ल्याएपछि हामीले शल्यक्रिया गर्‍यो’ उनले भने, ‘नोबलले उदयपुर घर भएकै कारण रेफर गरेको रहेछ ।’

ज्वरो देखिएपछि पठाएका हौं : मेडिकल कलेज

नोबल मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले केही दिनअघि आफ्नो अस्पताल कोरोना संक्रमितको उपचारका लागि दिने घोषणा गरेका थिए ।

डा. शर्माले संक्रमितको उपचारमा अस्पताल दिने घोषणा गरेपनि ज्वरो आएका बिरामीलाई अस्पतालमा प्रवेश दिएका छैनन् । ‘गेटमा ज्वरो नाप्छौँ, शंकास्पद बिरामी भए भर्ना गर्दैनौं’ नोबल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहाल भन्छन् ‘शंकास्पद बिरामीलाई कोशी जानुहोस् भन्छौँ।’

बुधबार अप्रेसन थिएटरबाट बिरामीलाई निकालेको उनले स्वीकार गरे । ‘अप्रेसन गर्नुअघि थिएटरमा सबै जाँचिन्छ,’ दाहाल भन्छन् ‘प्रसूति गराउने महिलालाई ज्वरो देखिएकाले कोशी पठाएका हौँ ।’

तर, कोशी अस्पतालले भने ज्वरो नदेखिएको दाबी गरेको छ । ‘ज्वरो देखिएको बिरामीलाई शल्यक्रिया गर्न मिल्दैन’ महिलाको शल्यक्रिया गरेका डा. धमला भन्छन् ‘ महिलामा ज्वरो थिएन ।’

यसअघि चैत २० गते पनि मोरङको पथरी शनिश्चरेकी ६५ वर्षकी महिलालाई अप्रेसन थिएटरबाट धरान रिफर गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people N
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments