Incident Reports

वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार

2020-04-30

Lumbini, Kapilbastu, Yashodhara, Ward 8

कपिलवस्तु — यशोधरा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

बिहीबार राति साढे १ बजेतिर उनी सुतेको खाटलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । तर उनी उक्त खाटमा नसुतेका कारण बचेका छन् । उनलाई गोली लागेको छैन् । उनी पहिले तल्लो तल्लामा सुतेका थिए ।

‘राति ११ बजेतिर गाउँमा दुई जना व्यक्ति घर आसपास देखेपछि किन यति राति हिँडेको भनेर सोधें,’ अध्यक्ष सहाबुद्दिन मुसलमानले भने, ‘त्यसपछि आफूलाई शंका लागेर माथिल्लो तलामा गएर सुतेकाले बाँच्न सफल भएको हुँ ।’

राति साढे १ बजेतिर दुई जना व्यक्ति आएर उनी पहिले सुतेको भुर्इंतलाको ओछ्यानमा २ राउण्ड फायर गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले बताए । त्यसपछि ओछ्यानबाट कुनै प्रतिक्रिया नआएपछि भित्तामा दुई राउण्ड प्रहार गरेर फरार भएको उनले बताए । घटना संलग्न रहेको आशंकामा गाउँकै मोहम्मद हुसेन मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । अर्का भुलन पासी फरार रहेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports