Incident Reports

बलत्कारका आरोपित पुर्पक्षको लागि थुनामा l

2014-02-13

Madhes, Rautahat, Brindaban

Bipeen Gautam बिश्रामपुर गाविस-९ का ३० वर्षीय भुपेन्द्र राउत कुर्मीलाई एक २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रौतहट जिल्ला अदालतले ०७० फागुन १ गते पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलाशबाट कुर्मीलाई थुनामा राख्ने आदेश भएको हो । माघ ५ गते राती पीडित महिलालाई घरका अन्य परिवारहरू घरको अर्को कोठामा सुतिरहेको अवस्थामा राती १२ बजेको समयमा आरोपित कुर्मी घरभित्र प्रवेश गरी बलात्कार गरेको आरोपमा पीडितले माघ ६ गते इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गराएपछि प्रहरीले आरोपित कुर्मीलाई सोही दिन गिरफ्तार गरी जबरजस्ती करणी ऐन अर्न्तगत म्याद थप गराई मुद्दा दायर गरेको थियो । अदालतको आदेशपछि आरोपित कुर्मीलाई गौर कारागारमा पठाइएको रौतहट जिल्ला अदालतका तहसिलदार अधिकृत राधाकान्त झाले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis