Incident Reports

प्रदेश २ : लकडाउनमा महिलालाई निर्घात कुटपिट गरी घर निकाला

2020-05-01

Madhes, Saptari, Tirahut, Ward 5

शुभ नारायण यादव-सप्तरी, वैशाख १९ गते ।विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विश्व संत्रासमा बाचिरहेको सरकारले देशका हरेक नागरिकलाई घरमै बस्न आग्रह गरेको छ । तर लकडाउनमा प्रदेश २ को सप्तरी जिल्लामा एक महिलालाई निर्घात कुटपिट गरी घरनिकाला गरेको घटना सार्वजनिक भएको छ ।तिरहुत गाउपालिका वडा नं. ५ स्थित डिमनकी सुनिता यादवलाई श्रीमान, देवर र सासू मिलेर निघाृत कुटपिट गरि घरबाट निकाला गरेको पिडित महिलाको आरोप छ । 

३० वर्षीया सुनितालाई श्रीमान चनदेश्वर यादव ,देवर सन्तोष कुमार यादव र सासू लखनवति देवि यादव मिलेर बिना कारण निघाृत कुटपिट गरि घरबाट निकाला गरेको पिडित महिलाले बताईन् । एक छोरा र एक छोरीकी आमा समेत रहेकी ती महिललाई पटक पटक बिना कारण गलत आरोप लगाएर कुटपिट गर्दै आइरहेको पिडित महिलाले बताइन । 

२ वर्षपछि वैदेशिक रोजगारीबाट फर्केर घर आएपछि वास्तविक कुरा नबुझी अरु ब्यक्तिको कुरा सुनेर श्रीमान ,देवर र सासू मिलेर कुटपिट गरि घरबाट निकाला गरेको पिडित महिलाले दुखेसो पोखिन् । सप्तरीके सप्तकोशि नगरपालिका माइति रहेको उनको ८ वर्षअघि चन्देश्वर यादवसँग विवाह भएको थियो । 

बिदेशबाट आएर श्रीमानले पटक पटक कुटपिट गर्दै आएको बताउँदै उनले ६ महिनाअघि पतिको कुटपिटबाट दायाँ हात भाँचिएको देखेसो सुनाइन् । पिडित सुनिताले संचारमाध्यम मार्फत सम्बन्धित निकायबाट न्यायकालागि गुहार लगाएकी छन्

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments