Incident Reports

कोरोना संक्रमण विरोधी अभियानमा लागेका डाक्टरमाथि हातपात

2020-05-01

Karnali, Jajarkot, Barekot

जाजरकोट- कोरोनाको संक्रमण रोक्ने अभियानमा सक्रिय भइरहेका बेला जाजरकोट जिल्लाको वारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टरमाथि मदिरा सेवन गरेका स्थानीय युवाहरुले हातपात गरेका छन् ।

वारेकोट गाउँपालिकाको केन्द्र लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर नवीन सहानीमाथि गएराति अर्थात शुक्रबार साँझ मदिरा सेवन गरेका युवाहरुले भौतिक आक्रमण गरि घाइते बनाएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए । उनले  डाक्टर सहानीमाथि आक्रमण गर्ने तीन जनालाई पक्राउ गरि सदरमुकाम खलंगा ल्याउन लागिएको बताए । प्रहरी प्रमुख श्रेष्ठका अनुसार डाक्टर सहानीलाई आक्रमण गरेको अभियोगमा स्थानीय तिलक सिंह, चक्र वुढा र पदम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ सात, आठ बजेको समयमा आफू बसेको कोठामा एक्कासी आएर मदिरा पिएको झोँकमा जाथाभावी गाली गर्दे आफूलाइै कुटपिट गरेको पीडित डाक्टर सहानीले बताए । उनले  अर्काको गाउँमा आएर हिरो बन्ने भन्दै ती युवाहरुले आफूलाई कुटेको बताए । घटना भन्दाअघि ती युवाहरुसंग आफ्नो कुनै परिचय नभएको डाक्टर सहानीले बताए । ती युवाहरुले डाक्टर सहानीलाई मदिरा सेवन गरेर उनको क्वाटरमै गएर रातको समयमा आक्रमण गरि घाइते बनाएको स्थानीय जीवन वुढाथोकीले बताए । उनले ती युवाहरुले डाक्टर सहानीको निवासभित्र तोडफोड समेत गरेको बताए । राति डाक्टर सहानीको कोठाभित्र प्रवेश गरेर तथानाम गाली गर्दै विना कारण कुटपिट गरेको र उनको अनुहारमा चोट लागेको वुढाथोकीले बताए ।

उता वारेकोट गाउँपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत गोविन्दवहादुर सिंहले डाक्टर सहानीमाथि आक्रमण गर्ने जस्तो अपराधीक काम गर्ने जोकोहि भएपनि कडा दण्ड दिनु पर्ने बताए । उनले ग्रामीण भेगमा नेपाल सरकारको छात्रवृत्ति कोटामा आएर जनताको सेवा गरिरहेका डाक्टरलाई कुट्ने जो भएपनि अपराधी भएको र उनीहरुलाई हदैसम्मको कारवाही हुनु पर्ने बताए । डाक्टर सहानी नेपाल सरकारको छात्रृत्ति कोटामा अध्ययन गरेर दुई वर्षका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा खटिएका छन् ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports