Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जना पक्राउ

2020-05-02

Bagmati, Ramechhap, Doramba, Ward 2

रामेछाप । दोरम्बा गाउँपालिका-२ रातोमाटा बस्ने ४४ वर्षीय पुरुषलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु १९ वर्षीय रोशन श्रेष्ठ, २९ वर्षीय लोक बहादुर श्रेष्ठ र २८ वर्षीय तुकलाल श्रेष्ठले रहेका छन् । सामान्य विवादको कारण मादक पदार्थ सेवन गरी छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टोकरपुर र प्रहरी चौकी दोरम्बाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

घाइतेलाई स्वास्थ्य चौकी दोरम्बा हुँदै थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports