Incident Reports

गाई चाराउन जंगल गएकी किशोरीमाथि बलात्कार गर्ने युवक पक्राउ

2020-05-02

Lumbini, Dang, Dangisharan, Ward 8

तुलसीपुर– गाई चराउन जंगल गएकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा दाङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको दंगिशरण गाउँपालिका–८ चखौरा बस्ने २२ वर्षीय सचिन चौधरी छन् ।

चौधरीले शनिबार दिउँसो तुल्सीपुर उपमहानगरपालिका–२ कुइरेपानीस्थित जंगलमा गाई चराउन गएकी एक १५ वर्षीया किशोरीमाथि बलात्कार गरेका थिए ।

दाङको शान्तिनगर गाउँपालिका घर भएकी किशोरीमाथि बलात्कार गरेर फरार भएका चौधरीलाई आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएर करणी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments