2020-05-03
जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा राहत वितरणमा विभेद गरेको भन्दै स्थानीयवासीले विरोध गरेका छन् । सो क्रममा विवाद बढ्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
राहत वितरणमा जनकपुरधाम वडा नम्बर १४ का वडाध्यक्ष पुण्यप्रसाद यादवले विभेद गरेको स्थानीयको आरोप छ ।
वडाध्यक्षको कदमको विरोधमा स्थानीयले नारावाजी थालेपछि प्रहरीले एक दर्जन पीडितमाथि लाठीचार्ज गरेको बताइएको छ ।
राहत माग्न पुग्दा वडाध्यक्ष यादवको निर्देशनमा प्रहरीले लाठीचार्ज गरेको आरोप स्थानीयवासीहरुले लगाएका छन् ।
प्रहरीको कुटपिटबाट वडा नम्बर १४ स्थित रजौलका पप्पु झा, सुफल देवी साह, फुलदेवी, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी , रामसुखित यादव, उपेन्द्र कुमार साह लगायतको शरीरका विभिन्न भागमा चोट लागेके बताइएके छ ।
राहत वितरणमा बडाध्यक्ष यादवले विपन्न र गरीवलाई छाडेर आफ्नो कार्यकर्तालाई अनावश्यक रुपमा वितरण गरेको आरोप स्थानीयको छ ।
वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गरे । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र गरेका बताए । यता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा वडा कार्यालयमा सामाजिक दुरीको पालना नभएकाले प्रहरीले बल प्रयोग गरेको स्वीकारे ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Blunt weapon |
Primary Cause | Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon) |
Secondary Cause | Government Relief |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 20 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
Total Injured | 8 |
Female Injured | 2 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD