Incident Reports

बलात्कार प्रयास गर्ने आरोपित पुर्पक्षका लागि थुनामा l

2014-02-11

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi

Natibabu Dhital २९ वर्षीया एक महिलालाई जबर्जस्ती बलात्कार प्रयास गरेको आरोप लागेका साँगाचोक गाविस-४ का ५२ वर्षीय माइला भन्ने हिराबहादुर श्रेष्ठलाई जिल्ला अदालतले माघ २८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ । आरोपित श्रेष्ठले पीडित महिलालाई माघ १२ गते बेलुका माइतबाट घर आउँदै गर्दा साँगाचोक गाविस-४ स्थित आगेडाँडाँको एकान्त बाटोमा बलात्कार प्रयास गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार पीडित घरतर्फजाँदै गर्दा आरोपितले बलात्कार प्रयास गरेपछि स्थानीयले देखेपछि प्रतिकार गरेका थिए । पीडितले माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis