Incident Reports

प्रहरीद्वारा सर्वसाधारणलाई कुटपिट गरेको आरोप l

2014-02-13

Karnali, Surkhet, Lekbeshi

Durga Thapa लेखफर्सा गाविस-९ का २६ वर्षीय यज्ञबहादुर थापामगर र सोही ठाउँ निवासी सशस्त्र प्रहरी हस्तबहादुर बुढालाई प्रहरी चौकी गुमीका इन्चार्ज सुशील रावलसहितको प्रहरीको टोलीले कुटपिट गरेको आरोप पीडित पक्षले लगाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका सई राधेश्याम चौधरीको मोटरसाइकलले फागुन २ गते मैनतडाको जहरे पुलमा मगर र बुढालाई ठक्कर दिएको घटनाको विवादमा रावलसहित आएका प्रहरीको टोलीले उनीहरुलाई कुटपिट गरेको बताइएको छ । कुटपिटबाट घाइते मगरको शिक्षण अस्पताल कोहलपुरमा उपचार भयो । प्रहरीको कुटपिटबाट बुढालाई भने सामान्य चोटपटक लागेको छ । उनीहरुलाई कुटपिट गर्ने रावल सहितको प्रहरी टोलीले थापामगरलाई गोली हान्ने धम्की दिएको पीडितहरुको भनाई छ । स्थानीयवासी भुपेन्द्र सुनारका अनुसार असई रावलसहितको प्रहरी टोलीले जहरेस्थित एक होटलमा हात बाँधेर उनीहरुलाई कुटपिट गरेको जानकारी दिए । कुटपिटबाट घाइते मगरको शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीले भने इन्चार्ज रावलले कुटपिट नगरी सामान्य हातपात मात्र गरेको दावी गरेको छ । सई चौधरीले आफूलाई गुमी प्रहरी चौकीमा गई कुटपिट गरेको बताएपछि बुझ्नलाई प्रहरी टोली जहरे गएको र उनीहरुलाई रोकी बाँध्न खोज्दा धरपकड भएको प्रहरीले जनाएको छ । झण्डै आधा घण्टा जहरेमा रोकी छिन्चुबाट गएको प्रहरीको गाडीले घाइते थापा मगरलाई नियन्त्रणमा लिएको छिन्चु इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर अरुणकुमार सिंहले जानकारी दिए । सईलाई कुटपिट गरेको भन्ने खबर पाएपछि रावल र हवल्दार घटनास्थल पुगेका थिए । घाइते थापाका आफन्तले कुटपिट गर्ने इन्चार्ज रावललाई विभागीय कारबाही गरिनुपर्ने, घाइतेको उपचार र सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग राखेका छन् । सो घट्नाका दोषी प्रहरी इन्चार्ज रावलले माफी मागी सकेका छन् । घटनाका घाइतेलाई भेटन इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरले, इन्सेक नेपालगञ्जका नारायण सुवेदी, एडभोकेसी फोरमका बसन्त गौतम र विनु श्रेष्ठको टोली फागुन ४ गते मेडिकल कजेल कोहलपुरमा जादा उपचार गरी फर्किएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए । सिटिस्क्यान गरे पनि घाइतेको टाउकोमा असर नदेखिएको अस्पतालका स्वास्थ्यकर्मीले अधिकारकर्मीको टोलीलाई जानकारी दिए । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis