Incident Reports

सिनामंगलमा शंकास्पद वस्तु फेला, सेनाको टोलीद्वारा डिस्पोज

2020-05-05

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– काठमाडौंको सिनामंगलमा आज बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

सिनामंगलस्थित सुकुम्बासी बस्तीमा भेटिएको शंकास्पद वस्तु ‘प्रेसर कुकर बम’ नभएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका हुन ।

उनले भने, ‘सुकुम्बासी बस्तीमा प्रेसर कुकर भेटिएको हो, नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । प्रेसर कुकरमा केही ढुंगाहरु राखिएका रहेछन् ।’

आज विहान स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । केही बेर सो क्षेत्रमा बम भएको आशंकामा त्रास फैलिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments