Incident Reports

महिलाको हत्या भएको आफन्तको दावी l

2014-02-15

Province 1, Jhapa, Mechinagar

Shekhar Dhaka झापा, मेचिनगर नपा-५ की २६ वर्षीया सरस्वती प्रर्साई गौतमको हत्या भएको भन्दै पीडितका आफन्त सोनापुर गाविस-१ का खेमराज शिवाकोटीले फागुन ३ गते इटहरीमा पत्रकार सम्मेलन गरी घटनाको छानबिन गर्न माग गरेका छन् । सरस्वतीको ०७० माघ २० गते आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । ढोकाको बाहिरबाट लगाएको ताला फुटाएर प्रहरीले सरस्वतीको शव निकालेको थियो । पत्रकार सम्मेलनमा सरस्वतीका मामा खेमराज र माइजु उर्मिला शिवाकोटीले भान्जीको हत्या भएको दावी गरे । 'बाहिरबाट ताला लगाएको कोठा भित्र झुण्डिएको अवस्थामा भान्जीको बव फेला परेको थियो,' माइजु उर्मिलाले पत्रकारहरूलाई भनिन् 'पहिले देखि ज्वाई पर्शुराम गौतमले पटक-पटक भान्जीलाई यातना दिने गरेका थिए । भान्जीको आत्महत्या हैन । उनलाई हत्या गरेर झुण्ड्याएर कोठा बाहिरबाट ताला लगाएको हुनुपर्छ ।' उनीहरूले घटनाको छानबिन हुनुपर्ने बताए । सरस्वतीको माइती झापाको घैलाडुब्बा गाविस-८ मा आमामात्र भएकी र आमा पनि अपाङ्गता भएकाले भान्जीको ज्यान अनाहकमा गएको र उनका २ वर्षीय छोराको विचल्ली भएकाले घटनाको छानबिन हुनुपर्ने शिवाकोटीले बताए । इलाका प्रहरी कार्यलय काकडभिट्टाका डिएसपी बसन्त राजौरियाले सरस्वतीको शवको पोष्टमार्टम रिर्पोटले हत्या नभएर झुण्डिएको पुष्टि भएको बताए । डाक्टरले दिएको पोष्टमार्टममा रिर्पोटले कतै चोटपटक लागेको नलेखिएकोले त्यो हत्या हुन नसक्ने उनको भनाइ थियो । तर पनि अनुसन्धान भने जारी राखेको डिएसपी रजौरियाले बताए । शेखर ढकाल

0 Comments

Related Reports
Related Trend Analysis