Incident Reports

बलात्कार घटनाका आरोपित चौरसिया गिरफ्तार

2020-05-01

Madhes, Parsa, Kalikamai, Ward 3

१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  कालिकामाई गाउँपालिका–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई वैशाख १९ गते गिरफ्तार गरेको छ । उनी  विरुद्ध  जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाएको छ ।

वैशाख १९ गते दीपेन्द्र चौरसियाले बलात्कार गरेको भन्दै चार जना युवाहरूको समूहले कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय पोखरीयाले सोही दिन चौरसिया सहित पाँचै जनालाई गिरफ्तार गरेपछि बलात्कार घटना सार्वजनीक भएको हो ।

बलात्कारको आरोप लागेका चौरसियाको तर्फबाट उनको पक्राउविरुद्ध प्रदर्शन भएको थियो । ईलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरी र आसपासका प्रहरी चौकीहरूबाट थप प्रहरी लिएर चौरसियासमेत पाँचैजनालाई वैशाख १९ गते पोखरिया ल्याइएको थियो ।

वैशाख २० गते ईलाका प्रहरी कार्यालय पोखरियाबाट चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।

पीडित बालिकाले ईलाका प्रहरी कार्यालय पोखरियामा आफुमाथि चौरसियाले बलात्कार गरेको आरोप लगाउनु भएको तर घटनाबारे सोधपूछको क्रममा आरोपित चौरसियाले आफूले बलात्कार नगरेको बयान दिएको इन्स्पेक्टर चन्द्र सिंहले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले पीडित बालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार पुष्टि भएपछि चौरसिया विरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र शाहीले बताउनु भयो ।

बलात्कार आरोपित चौरसियालाई कुटपिट गर्ने २२ वर्षीय इम्तियाज मियाँ, २१ वर्षीय तैयब मियाँ, २७ वर्षीय नौसाद मियाँ र २३ वर्षीय मुस्तकिम मियाँ हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्  ।

केसी लामिछाने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments