Incident Reports

No translation available.

2014-02-12

Lumbini, Bardiya, Gulariya

Man Bahadur Chaudhary रामेछाप जिल्ला निवासी आठ जना युवतीलाई वैदेशिक रोजगारका लागि भारत लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाले माघ २९ गते नेपाल भारत सिमावर्ती गुलरिया नपा-१२ टेपरी गाउँबाट उद्वार गरेको जनाएको छ । वैदेशिक रोजगारका लागि काठमाडौंको चावहिलमा बसेका युवतीहरूलाई लेवनान लैजाने भन्दै गुलरिया नपा-१२ टेपरी घर भएका ३० वर्षीय सन्तोष कुमार थारुले बर्दियासम्म ल्याएको प्रहरीले जनाएको छ । माघ २७ गते बर्दिया आईपुगेका उनीहरूलाई गुलरियाबाट गाडी रिजर्व गरी भारतसँग सीमा जोडिएको टेपरी गाउँमा पुर्‍याएर बन्धक बनाएर राखेको अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ । आरोपित सन्तोषले भे १ ज १५४ नम्बरको जीपमा राखी घरमा लगेर बन्धक बनाएको पीडित युवतीहरूले बताएका छन् । उद्दार गरिएका युवतीहरू १९ देखी ३० वर्षसम्मका रहेका छन् । पत्रकार माझ उनीहरूले आफूहरूलाई भारत हुँदै लेवनान लैजाने भन्दै काठमाडौँदेखि यहाँसम्म ल्याएको बताए । उनीहरूले भने, "भारत जान उतै (बर्दिया) बाट सजिलो हुन्छ, उतै जाउँ भन्दै हामीहरूलाई ल्याए ।" युवतीहरूले आफूहरूलाई सन्तोषले घरमा राखेर बहिरबाट ढोका लगाइदिएको र कसैसँग पनि फोन सम्पर्क गर्न नदिएको बताए । युवतीहरूलाई लेवनान लैजाने भने पनि उनीहरूको भिसा नआएको प्रहरीले जनाएको छ । पासपोर्टमा भिसा आएको नदेखिएपछि उनीहरूलाई बेचविखनको लागि लैजान लागिएको आशंका गरिएको छ । सन्तोषको साथबाट नौ थान राहदानी पनि प्रहरीले फेला पारेको छ । उनीहरू सबैको पहिचान गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वीरेन्द्रकुमार बस्यालले जानकारी दिए ।

0 Comments