Incident Reports

तेजाव खन्याएर घाइते भएकी बालिका आइसियुमा l

2014-02-13

Province 1, Sunsari, Harinagara

Shekhar Dhakal मध्यहर्षही गाविस-६ की १७ वर्षीया एक बालिकालाई गौतमपुर गाविस-३ का १९ वर्षीय प्रेमप्रकाश मेहताले फागुन १ गते शरीरमा तेजाब खान्याइ दिएपछि गम्भीर घाइते भएकी छन् । प्रेम प्रस्ताव नस्विकारेको भन्दै कक्षा १० मा पढ्दै गरेकी बालिकालाई प्रेमप्रकाशले तेजाव खन्याएको प्रहरीले जनाएको छ । विद्यालयबाट घर फर्कदै गरेकी बालिकालाई मेहताले बाटो छेकेर प्रेम प्रस्ताव राखेको र नमानेपछि तेजाव खन्याएको प्रहरीले बतायो । गम्भीर घाइते पीडित बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी लक्ष्मण गिरीले बताए । बालिकालाई तेजाव खन्याएको आरोपमा मेहतालाई फागुन १ गते नै गिरफ्तार गरी ज्यान मार्ने उद्योगमा मुद्दा अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए ।

0 Comments

Related Reports
Related Trend Analysis