Incident Reports

राहतको विषयलाई लिएर गाउँपालिकाका अध्यक्षमाथि हातपात

2020-05-05

Sudurpashchim, Dadeldhura, Ganayapdhura, Ward 36

डडेल्धुरा : राहतको विषयलाई लिएर डडेल्धुरा गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लमाथि हातपात भएको छ । गाउँपालिकाको विविध विषयमा वडा अध्यक्षसँग छलफलका क्रममा समूहमा आएका चक्चुधारी युवाले आक्रमणको प्रयास गरेको अध्यक्ष मल्लले जानकारी दिए ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ललाई हातपात गर्नुका साथै उनको बस्ने निवासमा समेत तोडफोडा गरिएको वार्ड नं २१ का अध्यक्ष चेतराम भट्टले बताए ।

मंगलबार राती अध्यक्ष मल्लको निवासमा तोडफोड भएको हो । राती ८ बजे चारजनाको समूहले गाउँपालिका अध्यक्षको निवासमा तोडफोड गरेका हुन् । कोरोना भाइरसका कारण भएको लकडाउनमा वितरण गरेको राहतमा असुन्तुष्टि जनाउँदै ती युवाले गालिगलौज गरी निवास समेत तोडफोड गरेको गाउँपालिका अध्यक्षको भनाई छ।

स्थानीय ४ जनाले मदिरा सेवन गरेर आफ्नो निवासमा तोडफोड गरेका अध्यक्ष मल्लले जानकारी दिए । राहतको विषयलाई लिएर विवाद गरेको र भोलि आउनु छलफल गरौला भनेर पठाउँदा बाहिर गएर तोडफोड गरेको उनको भनाइ छ ।

तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गन्यापधुरा कै स्थानीय चन्द्रे कार्की, डम्बर कार्की र टेकबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्षमाथि दुव्र्यवहार भएको खबरपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।उनीहरूको साथबाट २ थान चक्कुसमेत बरामद गरिएको छ । अध्यक्ष मल्लसँग कुरा गर्न गाउँपालिकासम्म गएको तर हातपात नगरेको युवाहरूको दावी छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Sharp weapon
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Government Relief
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
National/Online Media

0 Comments