Incident Reports

शिक्षकद्वारा बालकलाई कुटपिट l

2014-02-12

Province 1, Jhapa, Birtamod

Arjun Basnet अनारमनी गाविस-४ निवासी सोही स्थानमा रहेको इडन गार्डन वोर्डिङ्ग स्कूलमा कक्षा ३ मा अध्ययनरत बालक १० वर्षीय टेकनारायण राजवंशीलाई होस्टेलका शिक्षक सागर मगरले मरणासन्न हुने गरी कुटपिट गरेपछि अस्पताल भर्ना भएका छन् । विद्यालयको होस्टेलमा बस्ने गरेका पीडित बालक होस्टलबाट केही दिन अघि भागेर बाहिर निस्केको आरोपमा होस्टलका शिक्षक मगरले माघ २९ गते साँझ कार्यालयमा लगि मुख थुनेर प्लाष्टिकको पाईप र काठको लाठीले शरीरको तल्लो भाग तथा अन्य भागमा लगातार कुटपिट गरेका थिए । कसैलाई भनेमा मारिदिने धम्कि दिँदै कुटेको पीडित बालककी आमा राधिकाले बताइन् । सोही स्कूलमा अध्ययनरत अर्का बालकले फागुन १ गते दिउँसो पीडित बालकको घरमा आई टेकनारायण विरामी भएको बताएपछि अभिभावकहरु स्कूलमा जाँदा घाइते भई बिरामी अवस्थामा रहेको र तत्काल विर्तामोड स्थित मनमोहन मेमोरियल अस्पतालमा लगि भर्ना गरेको बाबु नारायण राजवंशीले बताए । हाल बालकको सोही अस्पतालमा उपचार भईरहेको छ । घटनामा संलग्न शिक्षकको विरुद्धमा बालका बाबु नारायण राजवंशीले फागुन २ गते बिहानर् इलाका प्रहरी कार्यालय बिर्तामोडमा आवश्यक कारबाहीको लागि उजुरी दिएका छन् । इन्स्पेक्टर भूपेन्द्र गिरीले पीडित बालकको घाऊ जाँच गरिएको बताएका छन् । उनले आरोपित शिक्षकको खाजी कार्य भईरहेको पनि उनले बताए । विद्यालयका प्रिन्सिपल धर्मराज माझीसँग कुरा गर्दा होस्टेल शिक्षकले गलत कार्य गरेको बताए ।

0 Comments