Incident Reports

पानीको विषयमा विवाद हुँदा झडप

2020-05-10

Karnali, Rukum West, Aathbiskot, Ward 3

रुकुम पश्चिमको आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा खानेपानीको विषयमा झडप भएको छ । उक्त वडाका वडाध्यक्ष केशरमान विकसमेतको समूहले स्थानीय गोपाल बोहरालाई कुटपिट गरेका छन् ।

कुटपिटमा परेका बोहरा अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उक्त झडप जनशक्ति अभावमा प्रहरीले नियन्त्रण गर्न सकेको थिएन । ‘उहाँहरू तल्लो र माथिल्लो गाउँको समूह प्रहरीमा छलफल सकिएपछि फर्किनु भएको थियो,’ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले भने, ‘प्रहरी चौकीभन्दा करिब पाँच सय मिटर पर झडप भयो ।’ प्रहरीले भीड नियन्त्रण गर्न नसक्दा हवाइ फायर गर्ने अनुमतिसमेत पाइसकेको थियो । तर झन ठूलो क्षति हुने सम्भावना भएपछि हवाई फायर नगरिएको प्रहरीको भनाइ छ ।

वडाध्यक्ष विकको समूहले ढुंगामुडा प्रहार गर्न थालेपछि प्रहरी थोरैले स्थिति नियन्त्रणमा लिन नसकेको उनको भनाइ छ । प्रहरीले कुटपिट गर्नेलाई पक्राउ गरेको छैन । ‘कुटपिट गर्नेलाई पक्राउ गर्ने हो भने यहाँका केही व्यक्ति प्रहरीमाथि नै आइलाग्ने स्थिति छ,’ डिएसपी केसीले भने, ‘कुटपिटमा परेका बोहरा सम्पर्कमा आएपछि दुवै पक्षलाई छलफलमा राख्छौं । अनि दोषीलाई नियन्त्रणमा लिएर कारबाही गर्छाैं ।’ यो नयाँ विवाद नभई दुई वर्ष पहिलादेखिको विवादले झडपको स्थिति आएको प्रहरीको भनाइ छ । कुटपिटमा परेका बोहराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रहरी कार्यालय र आठवीसकोटबाट थप प्रहरी स्यालाखदी पठाइएको छ । स्यालाखदीको प्रहरी चौकीमा ६ जना मात्र प्रहरी छन् ।

यता नेपाली कांग्रेस रुकुम पश्चिमले घटनाप्रति दुःख व्यक्त गरेको छ । सामान्य विवादलाई राजनीतिक इगोको विषय बनाइ वडाध्यक्ष विकको समूहले हिंसात्मक गतिविधि गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए । ‘सहमति र सहकार्यमा टुंग्याउनु पर्ने विषय थियो,’ उनले भने, ‘समाजको अभिभावक व्यक्ति वडाध्यक्ष आफैँ द्वन्द्वात्मक शैलीबाट प्रस्तुत हुन गैरराजनीतिक क्रियाकलाप हो ।’ उनले वडाध्यक्ष विकसहित कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्नु पर्ने बताए ।

वडाध्यक्ष विक तत्कालीन नेकपा माओवादीबाट वडाध्यक्षमा विजयी भएका थिए भने बोहरा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports