Incident Reports

हत्या घटनाका आरोपित विरूद्ध उजुरी

2020-05-03

Madhes, Dhanusha, Janakpur, Ward 13

जनकपुरधाममा एक हप्तामा दुई जना महिलाको हत्या भएको घटना सार्वजानिक भएको छ ।

जनकपुरधाम उमनपा– १३ राउत टोल बस्ने २० वर्षीया संगिता राउतको वैशाख २१ गते राति शङ्कास्पद अवस्थामा घरमै लास फेला परेको थियो । दुई वर्षकी एक छोराकी आमा रहेकी राउत दुई महिनाको गर्भवती अवस्थामा वैशाख २१ गते राति मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

घरमै मृत अवस्थामा फेला परेको राउतको शरिरको विभिन्न भागमा निलडाम र चोटपटक लागेको देखेपछि पीडित माइती पक्षका मामा विल्टु राउतले जिल्ला प्रहरी कार्यालय धनुषामा वैशाख २२ गते भान्जीको उनकै श्रीमान २५ वर्षीय मदन राउतले कुुटपिट गरि हत्या गरेको भनि किटानी जाहेरी दर्ता गराउनु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनु भयो ।

जाहेरी दर्तापछि शवको पोस्र्टमार्टम वैशाख २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भएको र पोस्र्टमाटमको रिपोर्ट वैशाख २७ गते बेलुका ६ बजेसम्म पनि नआएकाले आफूहरूले घटनाबारे अहिलेसम्म थप अनुसन्धान गर्न नसकेको डिएसपी कार्कीले बताउनु भयो ।

 

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments