Incident Reports

स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

2020-05-07

Bagmati, Sindhupalchok, Indrawati, Ward 11

इन्द्रावती गाउँपालिका—११ बोडगाउँका ४८ वर्षीय प्रदिप मगर माझीलाई ०७७ वैशाख २६ गते प्रहरीले गिरफ्तार गरेको छ । भिमटार स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई वैशाख २५ गते बिहान निवासमा बसेको बेला ढुङ्गा प्रहार गर्दै घरमा आगो लगाएर जलाउँछु भनि धम्की दिएर अभद्र व्यवहार गरेको आरोपमा माझीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

माझीले स्वास्थ्यकर्मीहरू बासुदेव न्यौपाने र सुनिता बखाजु स्वास्थ्य चौकी नजिक रहेको निवासमा बसेको बेला घरमा आगो लगाई जलाएर मार्ने धम्की दिँदै झ्यालमा ढुङ्गा हानी कोठाको झ्यालमा क्षति पुर्‍याएको इन्द्रावती गाउँपालिका—११ का वडा अध्यक्ष मने माझीले बताउनु भयो ।

स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको सूचना पाउना साथ प्रहरी टोली घटनास्थल पुगी स्वास्थ्यकर्मीहरूलाई सुरक्षा दिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।

डिएसपी काफ्लेका अनुसार आरोपितलाई गिरफ्तार गरी अभद्र व्यवहार कसुरमा इलाका प्रहरी कार्यालयले वैशाख २६ गते मुद्दा दर्ता गरेकोे हो । आरोपितको सोही स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरी अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय नवलपुरले हिरासतमा राखेको डिएसपी काफ्लेले बताउनु भयो ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports