Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

2020-05-01

Province 1, Morang, Miklajung, Ward 9

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मिक्लाजुङ्ग गाँउपालिका–९ का २२ वर्षीय धिरेन मगर विरूद्ध वैशाख २१ गते प्रहरीमा उजुरी दिएको छ ।

वैशाख १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २१ गते इलाका प्रहरी कार्यालय मधुमल्लामा उजुरी दिएको अधिकारकर्मी अमर बराईलीले बताउनुभयो ।

आरोपितले वैशाख १९ गते राति बलात्कार गरेको र बालिकाले गुहार मागेपछि स्थानीयले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।

आरोपितलाई स्थानीयले तत्कालै प्रहरीको जिम्मा लगाएकोमा आरोपितले वैशाख २० गते प्रहरीकामा जाने शर्त राखेपछि प्रहरीले आरोपितलाई छोड्दा उनी फरार भएको अधिकारकर्मी बराईलीले बताउनुभयो ।

आरोपित विरूद्व पीडित पक्षले वैशाख २० गते इलाका प्रहरी कार्यालय मधुमल्लामा उजुरी दिएका थिए । तर प्रहरीले उजुरी दर्ता नगरेपछि अधिकारकर्मीले वैशाख २१ गते जिल्लामा प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीलाई घटनाबारे जानकारी गराएपछि प्रहरीले वैशाख २१ गते आरोपित विरूद् उजुरी लिएको पीडित पक्षको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २२ गते कोशी अस्पताल विराटनगरमा गरिएको छ ।

नेत्रप्रसाद अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments