Incident Reports

बालिका उद्धार गर्न प्रशासन अनिच्छुक रहेको आरोप l

2014-02-17

Bagmati, Lalitpur, Lalitpur

Ramesh Prasad Timalsina ललितपुरको धापाखेलमा रहेको हृयापी होमका नाममा व्यक्तिका घरमा राखिएका चार बालबालिका मध्ये एक जना बालिकालाई उद्धार गर्न प्रमूख जिल्ला अधिकारी नै अनिच्छुक रहेको सानो पाईलाका कञ्चन झाले आरोप लगाएका छन् । उनले तीनजनालाई उद्धार गरेर एकजना १४ वर्षीया बालिकालाई सोही होमका सञ्चालकको घरमा छाड्नुले ललितपुरका प्रमूख जिल्ला अधिकारी शसिशेखर श्रेष्ठको नियतमाथि प्रश्न उठेको बताए । उनले बालिकाले उद्धार गर्न आग्रह गर्दा तथा हृयापी होमका सञ्चालकमध्येका प्रमूख विश्वप्रताप आचार्यमाथि बेचबिखनको आरोप लागिरहेका बेला उद्धार नगर्दा सरकारी प्रयासमाथि गम्भीर शङका उब्जेको बताए । यस विषयमा प्रमूख जिल्ला अधिकारी श्रेष्ठले अन्य बालबालिकाको उद्धार गर्ने क्रममा ती १४ वर्षीया बालिकालाई सोधपुछ गरेर नै तत्काल उद्धार नगरिएको बताए । प्रजिअ श्रेष्ठले भने-'हामीले बालबालिकाको हितमा तदारुकता देखाएकैले तीन जना बालबालिकाको उद्धार गरिएको र सञ्चालक आचार्यलाई पक्राउ गरेका हौँ । ती बालिकाले हाम्रो उद्धार टोलीसँग गरेको कुराकानीकै आधारमा हामीले केही समय हेरेका हौँ । दुई-तीन दिन भित्रै उनको पनि उद्धार गर्र्छौँ । उक्त बाल गृहको पुनः अनुगमन गर्र्छौँ ।' फागुन २ गते १५, ९ र ७ वर्षका तीनजना बालबालिकाको उद्धार गर्नुका साथै सञ्चालक आचार्यलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका प्रहरी तथा जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी सम्मिलित एक टोलीले गिरफ्तार गरेको थियो । उक्त बालगृह नविकरणसमेत नभएको बताइएको छ । यसबारे प्रमूख जिल्ला अधिकारी श्रेष्ठले केही बताएनन्। रमेशप्रसाद तिमल्सिना

0 Comments